पर्यटनमन्त्री आले एक्सनमा : नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न निर्देशन

काठमाडौं !  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा आज आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री आलेले नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू विद्युतीय माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको हो।

उहाँले भन्नुभयो, “नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू नागरिकले छिटोछरितो जानकारी लिनका लागि सेवाहरू विद्युतीय माध्यमबाट जानकारी दिनसक्ने गरी व्यवस्था गर्नुस्, निगमबारे सबैले नागरिकले जानकारी पाउन सकून्। ” निर्देशनकै क्रममा मन्त्री आलेले नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक विमान सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *