पर्यटनमन्त्री आलेले गर्नुभयो पदभार ग्रहण

काठमाडौं !नेपाल सरकारका नब नियुक्त माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले आज मन्त्रालय गएर पदभार ग्रहण गर्नुभएको छ ! उक्त अवसरमा मन्त्रालयका सचिब यादब कोइराला लगायत मन्त्रालयमा कर्मचारीहरुले उहाँलाई मन्त्रालयमा स्वागत गर्नुभएको थियो।

नेकपा(एस)का केन्द्रिय सदस्य एवं पार्टिका प्रभावशाली नेता उहाँले प्रतिनिधिसभाको निर्वाचनमा डोटीबाट काङ्ग्रेस नेतालाई अत्याधिक मतले पराजित गर्नुभएको थियो।

पदभार गर्ने क्रममा मन्त्री आलेले आफुले आफ्नो कार्यकालभरी निष्पक्ष भै सरकार र आफ्नो मन्त्रालयको कामहरु गर्ने बताउनु भयो।हामी जनताका प्रतिनिधि हौं,त्यसैले हाम्रो पहिलो प्राथमिकता जनताको सेवा हुनेछ!मन्त्री आलेले मन्त्रालय मातहतका कर्मचारीहरुलाई पनि सरकारको उद्देश्य अनुसार इमान्दार भै काम गर्न निर्देशन दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *