श्रममन्त्री श्रेष्ठले गर्नुभयो पदभार ग्रहण

काठमाडौं ! श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ(किसान)ले मन्त्रालयमा पुगि पदभार ग्रहण गर्नुभएको छ।

नेकपा(एस)का केन्द्रिय सदस्य एवं पार्टिका प्रभावशाली नेता उहाँले प्रतिनिधिसभाको निर्वाचनमा काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई अत्याधिक मतले पराजित गर्नुभएको थियो।

पदभार गर्ने क्रममा मन्त्री श्रेष्ठले आफुले आफ्नो कार्यकालभरी निष्पक्ष भै सरकार र आफ्नो मन्त्रालयको कामहरु गर्ने बताउनु भयो।हामी जनताका प्रतिनिधि हौं,त्यसैले हाम्रो पहिलो प्राथमिकता जनताको सेवा हुनेछ!मन्त्री श्रेष्ठले मन्त्रालय मातहतका कर्मचारीहरुलाई पनि सरकारको उद्देश्य अनुसार इमान्दार भै काम गर्न निर्देशन दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *