नवनियुक्त मन्त्रीहरुले लिए शपथ 

काठमाडौं । चौथो पटक सरकार विस्तारबाट विभागीय मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

यसअघि आफू प्रधानमन्त्री बनेको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

वर्तमान सरकारमा कांग्रेसबाट १ राज्यमन्त्रीसहित ९ जना मन्त्री बनेका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट १ राज्यमन्त्रीसहित ६ जना मन्त्री बनेका छन् ।

नेकपा एस बाट १ राज्यमन्त्रीसहित ५ र जसपाबाट ४ मन्त्री बनेका छन् । एक जना मन्त्री प्रधानन्यायाधीशको कोटाबाट बनेको चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *