सहसचिव गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा

काठमाडौं – सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियरिङ तर्फका सहसचिव सिग्देललाई सचिव पदमा बढुवा निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले आजको बैठकले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को १२औँ मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *