महँगीले गरीबको चुल्हो नबल्ने अवस्था छ, सरकार रमिते बनेको छ : शान्ता चौधरी

काठमाडौँ । नेकपा एमालेकी सांसद एवं सचेतक शान्ता चौधरीले बजारमा चर्को महङ्गी बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले अहिले बजार भाउ असाध्यै बढेको र बजार भाउ बढ्दा पनि सरकार रमिता हेरेर बसेको बताएकी हुन् ।

उनले भनिन्, ‘नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुन सक्छ । धनीले त किनेर खान सक्लान् सभामुख महोदय तर, यो महङ्गी गरीवको घरमा चुल्हो नबल्ने अवस्था आउन सक्छ ।’ महङ्गीको नाममा भोकमरी आउन सक्ने उनले बताइन् ।

चौधरीले भनिन्, ‘यसले समाजमा अमनचयन विथोल्ने खतरा हुन सक्छ । सरकारको काम महङ्गीको साक्षी बस्ने होइन । त्यसलाई नियन्त्रण गर्ने हो । नेपाली कांग्रेस तथा गठबन्धनको खुला बजार अर्थनीति यसको प्रमुख कारण हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *