लुम्बिनी प्रदेशमा सरकार गठनको कसरत : केसीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै ४२ सांसदको हस्ताक्षर बुझाइयो 

काठमाडौ !लुम्बिनी प्रदेशको मुख्यमन्त्री दाबी गर्दै चारदलीय गठबन्धनले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएको छ। गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित उनीहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका हुन्। गठबन्धनले नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्रीमा समर्थन गरेको हो।

बुधबार अविश्वासको प्रस्तावमाथि छलफल हुनुअगाडि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। गठबन्धनलाई एक स्वतन्त्र सांसदले समेत समर्थन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *