एमसिसी संसोधन हुदैन : परराष्ट्रमन्त्री खड्का

काठमार्डौँ – संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपालको लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्।

परराष्ट्रमन्त्री खड्काले गैरआवासीय नेपाली संघ र न्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै  एमसिसी स्ट्यान्डर्ड फम्र्याटमा बनाइएको सम्झौता भएको बताएका छन् । एमसिसी नेपालका लागि मात्र नभएर सबै देशका लागि एउटै शैलीमा बनाइएको सम्झौता रहेको बताएका हुन् ।

परराष्ट्रमन्त्री खड्काका अनुसार कुनै एक देशले यो प्रावधान हटाइदेऊ भन्दा अन्य देशले पनि हटाउन आग्रह गर्ने भएकाले अन्य मुलुकमा समेत यसको प्रभाव पर्ने बताएका छन् । खड्काले भने  ‘नैतिक समस्या के छ भने हामीले यसमा सहीछाप गरिसकेका छौं। सम्झौता गर्नुभन्दा पहिले किन नहेरेको त’, भन्दै प्रश्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *