अनुदार सत्तापक्ष : ओली सरकारले नियुक्त गरेका सबै राजनैतिक नियुक्तिका राजदुतहरुलाई फिर्ता बोलायो

काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो निर्णयसँगै २०७३ सालमा शेरबहादुर देउवाले नियुक्त गरेकी प्रतिभा राणसमेत फिर्ता हुने भएकी छन् । यसबाहेक अन्य देशमा पनि परराष्ट्र मन्त्रालयका कर्मचारी भएका कारण नियुक्त भएकाबाहेक सबै राजदूत फिर्ता हुने छन् ।

कर्मचारीबाट सिफारिस भई कार्यक्षेत्रमा खटेकाहरू भने सम्बन्धित देशमा नै कार्यरत रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *