प्रतिनिधि सभाको बैठक आज बस्दै, बजेट पारित गर्ने सरकारको तयारी

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको बैठकबाट विनियोजन विधेयक अर्थात बजेट पारित गर्ने सरकारको तयारी रहेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकबाट बजेट पारित गर्ने तयारी सरकारको छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले भने संसदको अवरोध कायम राख्ने भएको छ ।
नेपालको इतिहासमै सरकार पहिलो पटक बजेटविहीन अवस्थामा रहेको छ । बजेट पारित नहुदा भदौ ३१ गतेदेखि सरकारको खर्च रोकिएको छ । प्रधानमन्त्री, मन्त्री, सांसद, कर्मचारीको तलवका साथै विकास आयोजनालगायतको भुक्तानीसमेत रोकिएको छ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएपछि राष्ट्रियसभामा जाने छ । राष्ट्रियसभाको बैठक मंगलबार बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *