विवाहको उमेर घटाउन कानुन संशोधन गर्दै सरकार

काठमाडौं : सरकारले विवाहको उमेर घटाउने तयारी गरेको छ। प्रचलित कानुनअनुसार विवाहको उमेर २०  लाई घटाएर १८ मा झार्ने तयारी गरेको हो।

बुधबार संसदमा सांसदहरूले विवाहको उमेरबारे प्रश्न गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कानुनमा संशोधन गर्न प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन्।

उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ। १८ वर्षमा भोट हाल्न पाउँछ। २० वर्षमा विवाह भन्ने कानुन छ। त्यसैले विवाहको उमेर १८ बनाउनेबारे अध्ययन भइरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *