क्यान्टोनमेन्ट भ्रस्टाचार छानबिन गर्न साङ्सद वलीको माग

काठमाडौ ! राष्ट्रियसभाका सांसद कोमल वलीले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरेकी छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।

उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानबिन गर्नुपर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *