डिआईजीद्धय बसन्त लामा र नारायणदत्त पौडेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डौ – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

वैशाख २३ मा बसेको बढुवा समितिको बैठकले डिआईजी लामालाई एआईजीमा बढुवाका लागी सिफारिस गरेको थियो । प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अबकाशमा जाँदै छन् ।
यता सशस्त्रमा रिक्त दुई एआईजी पदमा बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएका थिए । डीआईजी पौडेलसहित चन्द्रप्रकाश (सीपी) गौतम, वंशीराज दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका थिए । तर एक जनाको मात्र बढुवा भएको हो । अब पौडेलले दुई वर्ष सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *