विश्व बैंक समूहको आईडीएबाट १८ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौँ ! सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आईडीएबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर अर्थात करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *