बतास समूहले भाडामा लिएर सञ्चालन गरेको आनन्द होटलमा सरकारले लगायो ताला

काठमाडौं ! बतास समूहले भाडामा लिएर सञ्चालन गरेको आनन्द पशुपतिमा सरकारले ताला लगाएको छ । सरकारको निर्णय गैरकानुनी भएको भन्दै क्षतिपूर्ति दाबी गर्दै अदालत पुगेको भोलिपल्टै सरकारले ताला लगाएको हो । पशुपति विकास कोषका कर्मचारी पुगेर होटल आनन्दमा तालाबन्दी गरेका हुन् ।

सो समूहका अध्यक्ष आनन्द बतासका अनुसार पशुपतिस्थित होटल आनन्दसँगको सम्झौता रद्द गर्ने सरकारको निर्णयले २५ करोड रुपैयाँ क्षति पुगेको छ । सो क्षति पूर्तिको माग गर्दै बतास समूह अदालत पुगेको छ । बिहीबार जिल्ला अदालत काठमाडौंमा २५ करोड रुपैयाँ क्षतिपूर्तिसहितको मुद्दा दायर गरेको बतासले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *