नयाँ बजेटबारे सल्लाह दिन अर्थ मन्त्रालयको आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि सुझाव दिन अनुरोध गरेको छ । मन्त्रालयले सुझाव सङ्कलन गर्न टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।

आगामी आवको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधिबाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत सङ्कलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *