चीनसँगको सीमा विवाद अध्ययनका लागि सरकारले छानबिन समिति गठन गर्ने

काठमाडौँ — सरकारले चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गर्ने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हुम्ला जिल्लाका विभिन्न ठाउँमा देखिएका सीमा विवादबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवादको अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाउनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिने मन्त्री कार्कीले बताए ।

उक्त छानबिन समितिमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारी र सीमाविद्हरुलाई समावेश गरिने पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *