प्रधानमन्त्री सहित यी ४ मन्त्री जाँदैछन् भारत भ्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भोलि (शुक्रबार) भारत जाँदै छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणमा चार मन्त्री पनि सहभागी हुने भएका छन् । आज (बिहीबार) बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निणर्य भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *