निक्षेपभन्दा कर्जा तीन गुणा बढ्दा तरलता अभाव

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ ।

आठ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव भएको हो ।

आठ महिनामा निक्षेप संकलनभन्दा ३ खर्ब २० अर्ब बढी कर्जा गएको देखिएको छ । साउनदेखि असोजसम्म सामान्य रूपमा निक्षेप बढेकोमा कात्तिकदेखि मंसिरसम्म खासै निक्षेपमा प्रगति हुन सकेको थिएन । पुसमा ह्वात्तै निक्षेप बढेकोमा माघ फेरि ह्वात्तै घटेको थियो । फागुनमा आएर २२ अर्ब निक्षेप बढेको थियो । कर्जा भने प्रत्येक महिनाजसो बढ्ने क्रममा नै रहेको छ ।

फागुन महिनाभरिमा २२ अर्ब निक्षेप संकलन हुँदा १७ अर्ब कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुनभन्दाका अघिल्ला महिनामा यति अंकमा निक्षेप संकलन बढेको थिएन ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *