राजस्व सचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी

काठमाडौँ– सरकारले राजस्व सचिवमा कृष्णहरि पुष्करलाई पदस्थापन गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा पदस्थापना गर्नसअघि उनी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा अतिरिक्त समूहमा कार्यरत थिए ।

२७ वर्ष निजामति सेवामा काम गरेका उनले महत्वपूर्ण जिम्मेवारीहरू सम्हालेका छन् । उनी दुई महिनाअघि मात्र सचिवमा बढुवा भएका हुन् । त्यसअघि उनी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सहसचिव थिए । सीसीएमसीभन्दा अघि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव र त्यसअघि गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनले सन् २०१६ को मध्यदेखि भारतको नयाँदिल्ली स्थित नेपाली दूतावासमा महावाणिज्यदूत भएर चार वर्ष काम गरे, त्यहाँबाट फर्केपछि सरकारले उनलाई प्रदेश २ को गृह तथा कानुन मन्त्रालयमा सरुवा गरेको थियो ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा श्रम मन्त्रालयमा पनि काम गरेका थिए । उनी श्रम विभाग र वैदेशिक रोजगार विभागका महानिर्देशक समेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *