सरकारको स्पष्टोक्ती – ‘कुनै पनि राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौँ’

काठमाडौं । सरकारले छिमेकी देशलगायत कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्न साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै नेपाली भूमि कुनै पनि मित्र राष्ट्रलाई प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको हो ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *