एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु जारी

काठमाडौं – एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु लागेको छ ।

प्रदर्शन उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज साेमवार सवा ८ बजेदेखि भोलि मङ्गलवार बेलुका ७ बजेसम्मका लागि कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर क्षेत्रसम्म कर्फ्यु लगाएका जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *