सरकारले बढायो पेट्रोलियम पदार्थ र ग्यासको मूल्य,गरिब जनतालाई भयो अनेकन सास्ती

 

काठमाडौं !सरकारले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।

भारतबाट मूल्य बढेर आएको जनाउँदै सरकार मातहत नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो।गएराति १२ बजेदेखि बढेको मूल्य लागू भएको छ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।
खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ।

सरकारले यसरी इन्धन र ग्यासको मूल्य ह्वात्तै बढाउदा गरिब जनता मारमा परेका छन।यो मुल्यवृद्दी घोषणा सगै सर्वसाधारण जनता सरकारप्रती निकै आक्रोशित बनेका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *