सरकारका नवनियुक्त मन्त्रीले आज शपथ लिंदै

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीले आज शपथ लिने भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीअनुसार नवनियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो ११ : ३० बजे हुने छ।

बालुवाटार स्रोतका अनुसार पहिलो चरणमा प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङलाई सिफारिस गरेकी छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गरेपश्चात पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।