काठमाडौं : सरकारले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सरकारले आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रोजगारी तथा ज्याला रोजगारी दुवै माध्यमबाट आन्तरिक रोजगारीको सिर्जना गरिने बताए।
उनले वैदेशिक रोजगार सुरक्षित मर्यादित र व्यवस्थित बनाउन नीति तथा कार्यविधि संशोधन गरिने बताए।