महाकाली नदीमा पुल निर्माणको लागि भारत र नेपाल सरकार बीच सम्झौता

काठमाडौं ! भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव र नेपाल का लागी भारतीय राजदुत विनय मोहन क्वात्रा बीच धार्चुला (भारत ) र दार्चुला (नेपाल ) को महाकाली नदीमा पुल निर्माणको लागि भारत सरकार र नेपाल सरकारबिच सम्झौता सम्पन्न भएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादबले आज सम्पन्न उक्त सम्झौताले दुई देश बीचको सम्बन्ध थप प्रगाढ हुनुको साथै दुई देशको जनता बीच धार्मिक ,सास्कृतिक,व्यापारिक सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

उक्त अवसरमा मन्त्री यादव,भारतीय राजदुत क्वात्रा , मन्त्रालय सचिव रविन्द्रनाथ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *