सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउन सिसिएमसीको सिफारिस

काठमाडौं ! कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सार्वजनिक यातायातको लागि जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ।

शुक्रबार बसेको सिसिएमसीको बैठकले ट्याक्सीबाहेक सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउन सिफारिस भएको प्रवक्ता तथा सहसचिव सुनिता नेपालले जानकारी दिनुभयो।
निजी सवारी साधनको हकमा भने जोर-बिजोर प्रणाली लागु नै गर्न सिफारिस भएको उहाँले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *