आजको सुनचाँदीको दररेट

काठमाडौं ! घरेलु बजारमा बिहीबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

यो दिन अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो ।

जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । अघिल्लो दिन बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम थियो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम भने १ लाख ३७ हजार ७७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने आज स्थिर  छ । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।