आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार घरेलु बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो दिन तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ रहेको छ । यो दिन चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार ९० रुपैयाँ कायम भएको  छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२० रुपैया ५० पैसा कायम भएको छ ।

यसैगरी, केहि दिनयतादेखि अन्तरराष्ट्रिय बजारमा वृद्धि भइरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले घटेको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५७३ डलरमा कारोबार भइरहेको छ ।