आजको सुनचाँदीको दररेट

काठमाडौं ! सुनको भाउले नयाँ रेकर्ड कायम गर्ने क्रम निरन्तर रुपमा चलिरहेको छ ।

दिन दिनै सुनको मूल्यमा रेकर्ड कायम हुँदै गत हप्ताभरी पनि सुनले नयाँ रेकर्ड बनाइरहेकोमा यो दिन पनि घरेलु बजारमा पहेंलो धातु सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यो दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार ४३० रुपैयाँ कायम भएको  छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२९ रुपैया कायम भएको छ ।

उता अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य ०.७८ प्रतिशतले बढेको  छ। यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रतिऔंस बढेर २ हजार ५७८.२४ डलर पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभावका कारण सुनको भाउ बढिरहेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । विश्व बजारमा हालैका दिनाम कच्चा तेलको मूल्यमा भएको गिरावट तथा डलरको विनिमय दरमा देखिएको स्थिरताले पनि सुनको मूल्य बढेको सुन व्यवसायीहरुको भनाइ छ ।