आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार घरेलु बजारमा पहेंलो धातु सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यो दिन तोलामा ३ हजार  रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार  छापावाल सुनको मूल्य तोलाको १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको छ । बिहीबार  भने सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य निरन्तर मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।

यसअघि गत भदौ २५ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो। उक्त दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँ थियो ।यो दिन चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ६५ रुपैयाले बढेको छ ।  शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ कायम भएको  छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९४ रुपैया ५० पैसा कायम भएको छ ।