आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार घरेलु बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा रहेको छ । यो दिन चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ४०० रुपैयाँ कायम भएको  छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय रुपैयाँ ५० पैसा कायम भएको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेको छ ।आइतबार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ ०.८० प्रतिशतले घटेर प्रतिऔंस २ हजार ४९७.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।