आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहीबार सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केहि दिन यतादेखि सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा स्थिर छ ।   यो दिन चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ३१५ रुपैयाँ कायम भएको  छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५१३ रुपैयाँ कायम भएको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ ।बिहीबार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ ०.०८ प्रतिशतले घटेर प्रतिऔंस २ हजार ४९४.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।