काठमाडौं ! सुनको भाउ मंगलबार पनि घटेको छ। यो दिन सुनको मूल्य तोलमा १०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेर १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबारभएको थियो।गत आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँ थियो। यो मूल्य नेपाली बजार हालसम्मकै उच्च हो।
यो दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलामा १ हजार ८२० रुपैयाँका कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ १ लाख ३० हजार ४९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५६०.५० रुपैयाँ कायम गरेको छ ।