आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार पहेंलो धातु सुनको मूल्य थप घटेको छ । यो दिन तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

मंगलबार पनि सुनको मूल्य घटेर तोलाको १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार एकै दिन २ हजार ३०० रुपैयाँ घटको थियो । महासंघका अनुसार सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७२५ रुपैयाँ कायम  थियो ।

यसैगरी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ४३० रुपैयाँ तोकेको  छ ।  त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६६ रुपैयाँ छ ।