आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार पहेंलो धातु सुनको मूल्य घटेको छ ।

गत शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आइतबार २०० रुपैयाँले घटेको छ । यस दिन छापावाला सुन प्रतितोला  १ लाख ४९ हजार ७०० रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै  तेजावी सुनको मूल्य पनि २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार  ३४५  रुपैयाँ तोकेको  छ ।  त्यसतै चादिंको मूल्य १ हजार ७८५ रुपैयाँ तोकेको छ ।