आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहीबार पहेंलो धातु सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुन १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ ।  यस दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यो दिन तेजावी सुनको मूल्य पनि १ हजार २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन चाँदी तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार  ८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २७ हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४३ रुपैयाँ छ ।