आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार पहेंलो धातु सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने तोलामा १८०० रुपैयाँ बढेको हो।  यस दिन छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यो दिन तेजावी सुनको मूल्य पनि १८०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २६ हजार  ७१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २६ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५२६ रुपैयाँ छ ।