आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार पहेंलो धातु सुनको मूल्य घटेको छ ।सोमबार छापावाला सुन १ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने तोलामा १०० रुपैयाँ घटेको छ ।  यस दिन छापावाला सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यो दिन तेजावी सुनको मूल्य पनि १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार  १७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २४ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४९२ रुपैयाँ छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य ०.६६ प्रतिशत अर्थात् प्रतिऔंस १५.८० डलरले घटेको छ ।