आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार पहेंलो धातु सुनको मूल्य घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।शुक्रबार भने तोलामा ३०० रुपैयाँ घटेको छ ।  यस दिन छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यो दिन तेजावी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन चाँदी तोलाको १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी तोलाको १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यो दिन प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २४ हजार  ०५५  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २३ हजार ४५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४८३ रुपैयाँ तोकेको छ ।