आजको सुनचाँदीको दररेट

काठमाडौं ! साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार १ हजार १०० रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।  यसैगरी, यो दिन चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २६ हजार ३७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २५ हजार ७७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४७ रुपैयाँ ५० पैसा तोकेको छ ।