आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार पहेंलो धातु सुनको मूल्य १०० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन १०० रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साउन २ गते मंगलबार सुनको मूल्यले कीर्तिमानी उचाइ छोएको थियो । उक्त दिन सुनको मूल्य तोलाको १ लाख ४९ हजार ८०० पुगेको थियो । त्यसयता सुनको मूल्य घट्दो क्रममा छ ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।  यसैगरी, यो दिन चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ४३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २४ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५३४ रुपैयाँ ५० पैसा तोकेको छ ।