आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन १३ सय रुपैयाँले घटेको हो । यस दिन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसैगरी, यो दिन चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ३ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २४ हजार ७४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५५२ रुपैयाँ तोकेको छ ।