आजको सुनचाँदीको दररेट

शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन २ हजार रुपैयाँले घटेको हो । यस दिन प्रतितोला १ लाख ४७ हजार ५ ०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।  यसैगरी, यो दिन चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २६ हजार ४ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २५ हजार ८६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५६९ रुपैयाँ तोकेको छ ।