आजको सुनचाँदीको दररेट

काठमाडौं ! आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।यसैगरी, यो दिन चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार ४३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २७ हजार ८३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२४ रुपैयाँ तोकेको छ ।