आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनचाँदीको नयाँ रेकार्ड राखेको छ । बिहिबार प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १८ सयले बढेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसैगरी, यो दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ७७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २३ हजार ६३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२९ रुपैयाँ तोकेको छ ।