आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज बुधबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, यो दिन तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी, यो दिन चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २३ हजार ५४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २२ हजार ९४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६०३ रुपैयाँ तोकेको छ ।