आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनको भाउ घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

 

अघिल्लो कारोबार दिन  आइतबार सुनको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेर प्रतितोला १ लाख ४५ हजार ४०० रुपैयाँको रेकर्ड बनाएको थियो ।आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।यो दिन तोलामा ४०० रुपैयाँ घटेर मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

त्यसैगरी, यो दिन तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी, यो दिन चाँदीको मूल्य स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २४ हजार ३१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २३ हजार ७१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२० रुपैयाँ तोकेको छ ।