आजको सुनचाँदीको दररेट

काठमाडौं !आइतबार सुनको मूल्यले कीर्तिमानी उचाइ छोएको छ ।

आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।यसअघि गत जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको हो ।

शुक्रबार प्रतितोला  १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ  । त्यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी, यो दिन चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २४ हजार ६६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २४ हजार ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२० रुपैयाँ तोकेको छ ।