आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहीबार प्रतितोला  १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १०० रुपैयाँले बढेको हो ।

आज प्रतितोला छापावाला सुन १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २३ हजार ८०० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २३ हजार २०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६०३ रुपैयाँ तोकेको छ ।